काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। आसिफ शेखको शानदार शतक र गुल्शन झाको आक्रामक अर्धशतकको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।>
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो ओडीआई करियरको दोस्रो शतक पूरा गरे। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए।>
आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपालको इनिङ्सलाई बलियो सुरुवात दिलाएका थिए। त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।>
नेपालका लागि गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले। त्यस्तै अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रनको योगदान दिए।>
यूएईका लागि इबरार अहमदले ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ विकेट लिँदा हैदर अली र अदीब उसमानीले समान १–१ विकेट लिए।>
अब नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याउँदै यूएई मैदानमा उत्रिनेछ। फाइनलमा जित हासिल गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ। त्यसैले यो खेल नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण बनेको छ।>>