गौर अदालतभित्रै घुस काण्डः डिठ्ठा लव कुमार सिंह ५० हजारसहित रंगेहात पक्राउ

Naya Sansar Online TV 62+ समाचार ( )
१७ चैत्र २०८२

रौतहटको गौरस्थित जिल्ला अदालतभित्रै घुस लेनदेनको घटना सार्वजनिक भएको छ। अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले सिंहलाई अदालत परिसरभित्रै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। उजुरी अनुसार, अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने काममा सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीसँग रकम मागेका थिए।

प्राप्त सूचनाका आधारमा निगरानीमा राखिएको सिंहलाई गौर नगरपालिका–१ स्थित जिल्ला अदालत परिसरबाटै पक्राउ गरिएको हो। पक्राउका क्रममा उनको साथबाट घुसबापतको ५० हजार रुपैयाँ नगद तथा एक मोबाइल फोन समेत बरामद गरिएको छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार