फतुवाबिजयपुर-५ सन्तपुर (दो) का मुस्लिम समुदायको मानवीय पहल, बाढीपीडितका लागि १ लाख ३८ हजारभन्दा बढी सहयोग

Naya Sansar Online TV 70+ समाचार ( )
२६ भाद्र २०८३

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर (दो.) का मुस्लिम समुदायले रसुवा, भोटेकोशी र नुवाकोटलगायतका क्षेत्रमा बाढी तथा प्राकृतिक बिपद् बाट प्रभावित नागरिकको सहयोगका लागि रु. १ लाख ३८ हजार १ सय २० सहयोग संकलन गरेका छन्।


स्थानीय मुस्लिम समुदायको समन्वयमा सन्तपुर (दो.) मुस्लिम टोलस्थित मस्जिद–ए अबुबकर मस्जिदबाट उक्त रकम संकलन गरिएको हो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। विपद्का बेला पीडित नागरिकको दुःखमा साथ दिने उद्देश्यले समुदायका विभिन्न व्यक्तिहरूबाट सहयोग संकलन गरिएको हो।


प्राकृतिक विपद् कुनै एक समुदायको मात्र समस्या नभएको भन्दै स्थानीय मुस्लिम समुदायले मानवीय सेवाका लागि एकजुट हुँदै पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको जनाएको छ।

सन्तपुरबाट संकलित यो सहयोगले विपद्को समयमा धर्म, समुदाय र क्षेत्रभन्दा माथि उठेर नेपालीहरूबीचको एकता, सहकार्य र मानवीय भावनालाई थप बलियो बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार