रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार पुनम यादवले रौतहट–३ लाई रोजगारी, स्वास्थ्य र किसानमुखी विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाएकी छन्। कटहरिया नगरपालिकामा आयोजित निर्वाचन परिचालन समिति कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला उम्मेदवारलाई कमजोर ठान्ने सोच त्याग्न आग्रह गरिन्। कार्यक्रममा बोल्दै यादवले भनिन्, “छोरी मान्छे कमजोर हुँदैन। महिला उम्मेदवार भनेर मलाई कम आँक्ने दिन अब सकिएको छ। नेतृत्व क्षमताले तय हुन्छ, लिङ्गले होइन।” उनले आफ्नो जितपछि क्षेत्रको समग्र विकासका लागि ठोस योजना कार्यान्वयन गरिने स्पष्ट पारिन्।युवा रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै यादवले रौतहट–३ भित्रै १५ हजार युवालाई रोजगारी दिने तयारी भइरहेको बताइन्। रोजगारीको अभावमा विदेश जान बाध्य युवालाई आफ्नै जिल्लामा अवसर सिर्जना गर्ने उनको भनाइ थियो।स्वास्थ्य सेवामा सुधारका लागि उनले अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल रौतहटमै स्थापना गरिने घोषणा गरिन्। यसले स्थानीय नागरिकलाई उपचारका लागि काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता हट्ने विश्वास उनले व्यक्त गरिन्। यस्तै, उनले किसानका समस्या समाधान नगरी समृद्धि सम्भव नरहेको बताउँदै किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्ने, बिचौलिया तथा सिन्डिकेट अन्त्य गर्ने र खेतदेखि बजारसम्म किसानको सहज पहुँच स्थापना गर्ने योजना आफ्नो प्राथमिकतामा रहेको जानकारी दिइन्।कटहरियामा आयोजित कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवा, महिला र किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले पुनम यादवको स्पष्ट दृष्टिकोण र विकास प्रतिको प्रतिबद्धताले रौतहट–३ मा नयाँ आशा जगाएको प्रतिक्रिया दिएका छन्।>>
रौतहट–३ लाई रोजगारी, स्वास्थ्य र किसानमुखी विकासतर्फ लैजान्छु : पुनम यादव
प्रतिक्रिया
ताजा समाचार
ठगीको आशङ्कामा हेटौँडाबाट रौतहटका तीन युवा पक्राउ,...
Naya Sansar Online TV | २३ अशोज २०८३
फतुवा विजयपुर नगरपालिकामा आर्थिक प्रशासन प्रमुख रम...
Naya Sansar Online TV | २० अशोज २०८३
राजनीतिक कार्यक्रममा सहभागी भएको आरोपपछि प्रधानाध्...
Naya Sansar Online TV | १३ अशोज २०८३
नेपाली कांग्रेस फतुवा विजयपुरको कमान युवाको हातमा,...
Naya Sansar Online TV | १२ अशोज २०८३
कांग्रेसको १५औँ महाधिवेशन सुरु, आजदेखि वडा तहमा ने...
Naya Sansar Online TV | ३ अशोज २०८३
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग : कृष्णभिरमा नयाँ...
Naya Sansar Online TV | १ अशोज २०८३