पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

Naya Sansar Online TV 86+ समाचार ( )
१४ चैत्र २०८२

राजनीतिमा ठूलो हलचल मच्चाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली रातिदेखि नै अपरेशनमा खटिएको थियो।

यसअघि पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिइसकिएको छ।

सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै उच्च तहका नेतामाथि कारबाही सुरु गरिएको हो। सोही प्रतिवेदनले ओली र लेखकसहितका अधिकारीहरूलाई गम्भीर फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

एकैपटक शीर्ष नेताहरू पक्राउ पर्नुले देशको राजनीतिक वृत्तमा तरंग मात्र होइन, सिधै शक्ति संघर्षको संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार