रौतहट । फतुवा विजयपुर नगरपालिका–९ का वडाध्यक्ष राकेश यादव ‘पप्पु’ नेपाली कांग्रेसको फतुवा विजयपुर नगर सभापति पदमा सर्वसम्मत चयन भएका छन्।>
वडाध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहेका युवा नेता यादवलाई नगर सभापतिको जिम्मेवारी दिइएसँगै फतुवा विजयपुरमा नेपाली कांग्रेसको नगर नेतृत्व युवा पुस्ताको हातमा पुगेको छ।>
यादवको सर्वसम्मत चयनले स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गरिरहेको युवा नेतृत्वलाई पार्टी संगठनको नेतृत्वमा समेत अघि बढाइएको सन्देश दिएको छ। उनको नेतृत्वमा नगरका सबै वडामा पार्टी संगठनलाई थप मजबुत बनाउने, युवाको सहभागिता बढाउने तथा नयाँ पुस्तालाई राजनीतिमा जोड्ने अपेक्षा गरिएको छ।>
स्थानीय राजनीतिक वृत्तमा यादवको चयनलाई नेपाली कांग्रेस फतुवा विजयपुरमा युवा नेतृत्व र संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा चर्चा गरिएको छ। अब नगर सभापतिको जिम्मेवारीसँगै यादवका लागि पार्टी संगठनलाई एकताबद्ध र गतिशील बनाउने चुनौतीसमेत थपिएको छ।>>