रौतहट क्षेत्र नं ३ को प्रतिनिधि सभा निर्वाचन यसपटक फरक बहसको केन्द्रमा पुगेको छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका पुराना अनुहारहरू कुनै न कुनै रूपमा आरोप, विवाद र असन्तोषसँग जोडिँदै आएका बेला नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार पुनम यादवलाई मतदाताले “खाली र सफा कागज” का रूपमा हेर्न थालेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार विगतमा पटक–पटक निर्वाचित भइसकेका नेताहरूले अवसर त पाए, तर अपेक्षित विकास, सुशासन र जवाफदेहिता देखाउन सकेनन्। यही कारण जनतामा पुरानै शैलीको राजनीतिप्रति निराशा बढ्दै गएको छ। यस्तो अवस्थामा कुनै पनि प्रकारको भ्रष्टाचार, अनियमितता वा विवादमा नजोडिएकी पुनम यादव नयाँ आशाको प्रतीक बनेर उदाएकी छिन्। युवा, महिला, किसान र अल्पसंख्यक समुदायसँग प्रत्यक्ष संवादमा रहेकी यादवले समावेशी सोच र विकासमुखी दृष्टिकोण अघि सार्दै आएकी छन्। उनका अनुसार राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, जनताको जीवनस्तर सुधारका लागि हुनुपर्छ। यही स्पष्ट सोच र स्वच्छ छविका कारण मतदाताको विश्वास क्रमशः उनको पक्षमा केन्द्रित हुँदै गएको देखिन्छ। स्थानीय बुद्धिजीवीहरू भन्छन्, “आरोप र विवादले भरिएको राजनीतिमा अब रौतहट–३ लाई नयाँ सुरुवात चाहिएको छ। पुनम यादव त्यही नयाँ सुरुवातको प्रतीक हुन्। ”यदि पुनम यादव निर्वाचित भइन् भने शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा योजनाबद्ध विकास गर्दै रौतहट–३ लाई पारदर्शी र समृद्ध दिशातर्फ लैजाने अपेक्षा गरिएको छ।>>
आरोप र विवादले भरिएको राजनीतिमा पुनम यादव: खाली र सफा कागज
प्रतिक्रिया
ताजा समाचार
ठगीको आशङ्कामा हेटौँडाबाट रौतहटका तीन युवा पक्राउ,...
Naya Sansar Online TV | २३ अशोज २०८३
फतुवा विजयपुर नगरपालिकामा आर्थिक प्रशासन प्रमुख रम...
Naya Sansar Online TV | २० अशोज २०८३
राजनीतिक कार्यक्रममा सहभागी भएको आरोपपछि प्रधानाध्...
Naya Sansar Online TV | १३ अशोज २०८३
नेपाली कांग्रेस फतुवा विजयपुरको कमान युवाको हातमा,...
Naya Sansar Online TV | १२ अशोज २०८३
कांग्रेसको १५औँ महाधिवेशन सुरु, आजदेखि वडा तहमा ने...
Naya Sansar Online TV | ३ अशोज २०८३
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग : कृष्णभिरमा नयाँ...
Naya Sansar Online TV | १ अशोज २०८३