रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट जिल्ला मा बिहीबार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो।>
निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो। दिनभर कुनै ठूला अप्रिय घटना नहुँदा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।>
प्रारम्भिक विवरणअनुसार रौतहट जिल्लामा करिब ६३ प्रतिशत मत खसेको बताइएको छ।>
मतदान सकिएसँगै जिल्लाभरका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी सम्बन्धित मतगणना स्थलतर्फ ल्याउने कार्य सुरु गरिएको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।>
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आवश्यक तयारी पूरा भएपछि मतगणना कार्य सुरु हुने जनाइएको छ।>>